मनु मल्ल, लिस्वोन, २० फेब्रुअरी - नारीले भोग्दै आई रहेका समस्या समाधान साथै आदर्श समाजको परिकल्पना महिला स्वयं जागरुक र सशक्त रुपमा अगाडि नबढी सम्भव छैन । "नारी एकता र नारीको समस्या समाधानमा एक्येबद्धता " भन्ने नाराका साथ नेपाली नारी समाज, पोर्चुगलले आउँदो ८ मार्च २०१५ आईतबारको दिन १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस पोर्तुगलमा भव्य रुपमा सम्पन्न गर्ने तयारी गरेको छ ।
नेपाली नारी समाज, पोर्चुगलको साथमा गैरआवासीय नेपाली संघ पोर्चुगल अन्तर्गतको भर्खरै नवगठित महिला फोरमको पनि संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको छ। यस कार्यक्रमले देश विदेश जहाँ रहे-बसे पनि नारीको समस्या, भोगाई, संघर्ष उस्तै रहने हुदाँ नारी माथि हुने विभेद र लैङ्गिक असमानता हटाउन आफ्नो ठाउँबाट सशक्त रुपमा आवाज उठाउनु जरुरी छ । विश्व मै नारीको लागि महत्वपुर्ण मानिने दिन ८ मार्च अर्थात "अन्तर्राष्ट्रिय नारी दिवस" नेपाली नारीहरुले पनि देश विदेशमा विभिन्न नारी सम्बन्धि गोष्ठी, अन्तरक्रिया गरि मनाउदै आएका छन। महिला हक, अधिकार, स्वतन्त्रता प्राप्ति र लैङ्गिक असमानता न्युनिकरणको बारेमा आवाज बुलन्द गर्ने उद्देश्यले स्थापना भएको नेपाली नारी समाज, पोर्चुगलले पनि अन्तर्राष्ट्रिय नारी दिवसको दिन सम्पूर्ण नेपाली नारीहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु गरी भव्य रुपमा मनाउने तयारी गरेको छ ।
१०५ औं अन्तर्राष्ट्रिय नारी दिवसको दिन आयोजना गरिएको उक्त कार्यक्रममा पोर्चुगलवासी सम्पूर्ण नेपाली दिदीबहिनी-दाजुभाई तथा पोर्चुगलस्थित सम्पूर्ण नेपाली संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिको लागि नेपाली नारी समाज,पोर्चुगल हार्दिक आह्वान गर्दछ ।
स्थान : Rua dos Fanqueiros, 286 – 1 Andar
Lisbon, Portugal
समय : आईतबार, दिनको ३:३० बजे