बागलुङ, फागुन २९ । नेकपा एमाआवादीका स्थानीय एक नेता आफनै गाविसकी एक महिलालाई बलात्कार गरेको गम्भीर आरोपमा प्रहरीले नियन्त्रमा लिएर कार्बाही अघि बढाएको छ ।
बिहुँ गाविसका एमाओवादी नेता नवीन कँडेललाई आफ्नै गाविस ४ की २९ बर्षिय महिलालाई गए राति बलात्कार गरेको स्थानीयले बताएका छन् । निजलाई आज विहान प्रहरीले नियन्त्रयणमा लिएको बताइएको छ।
बिहुँ गाविसका एमाओवादी नेता नवीन कँडेललाई आफ्नै गाविस ४ की २९ बर्षिय महिलालाई गए राति बलात्कार गरेको स्थानीयले बताएका छन् । निजलाई आज विहान प्रहरीले नियन्त्रयणमा लिएको बताइएको छ।
पक्राउ परेका कँडेल नेपाली काँग्रेसका पूर्व साँसद गोविन्द प्रसाद शर्मा कक्डेलका छोरा हुन । उमेर लगभग ५० काटेका कँडेलले पीडित महिलालाई अनुचित कार्य गरिरहेको अवस्थामा उनका श्रीमानले फेला पारेको स्थानीयले बताएका छन् । बाबुहरु काँग्रेसमा रहे पनि उनी पहिले देखिनै माओवादीमा संलग्न रहँदै आएका छन् ।
एमाओबादीले बागलुङ निर्वाचन क्षत्र नं १ को उपनिर्वाचनमा पार्टीका प्रवक्ता दीनानाथ शर्मालाई उम्मेदवार गराएको अवस्था आफनै कार्यकर्ताबाट महिला बलात्कृत हुनुले पार्टीलाई गम्भीर क्षती पुग्ने राजनीतिक बृत्तमा टिप्पणी भैरहेको छ ।
बलात्कारीलाई फाँसी दे भन्दै विहुँका महिला पुरुषहरु बागलुङ सदरमुकाममा नारावाजी सहित बजार परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।
- इबागलुङ डट कम्