गाऊँ नै कब्जा गरेर लुटियो, एकको मृत्यु

झापा, वैशाख १ । सीमापारिबाट आएको डाँका समूहले आइतबार राति पृथ्वीनगर गाँउ नै कब्जामा लिएर आक्रमण गर्दा एक  जनाको मृत्यु भएको छ । 

जथाभावी बम फ्याँक्दै र बन्दुक पड्काउँदै गाउँ पसेको समूहलाई नियन्त्रणमा दिन प्रहरी समेत हच्किएपछि डाँकाको गोलीले पृथ्वीनगर ८ का देवकुमार श्रेष्ठको मृत्यु भएको हो ।

उनको टाउको र छातीमा गोली लागेको थियो ।  स्थानीयका अनुसार राति साढे ११ बजे २० जनाभन्दा बढी डाँकासमूह गाउँ आइपुग्नासाथ सुतली बम विस्फोट गरेको थियो । नागरिक दैनिकमा समाचार छ ।