पर्सा, वैशाख १ - वीरगन्ज ९ का कपडा व्यापारी महेश कादमियामाथि आइतबार साँझ गोली प्रहार गर्ने भारतीय युवकले २० हजार रुपैयाँ पाउने प्रलोभनमा अपराध गरेको बयान दिएका छन् ।
प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार अक्षय रामसिंह भनिने रवि नामका उनी भारत झारखण्डमा व्यवस्थापनमा स्नातक पहिलो वर्ष अध्ययनरत रहेको खुलेको छ । कसको निर्देशनमा गोली चलाएका हुन् भन्ने खुलाएका छैनन् ।
बयान र अनुसन्धानबाट उनी अनुभवी र पेसेवर सुटर नभएको खुलेको छ । उनलाई मोटरसाइकलमा ल्याएका व्यक्तिले छाडेर भागेका थिए । सँगै ल्याउने व्यक्तिको नाम पनि उनले बताएका छैनन् । जसका कारण अनुसन्धान बढाउन समस्या भएको एसपी लोहनीले बताए । उनका अनुसार वीरगन्जस्थित महावाणिज्य दूतावासमार्फत भारतीय प्रहरीसँग सिंहबारे जानकारी लिने प्रयास भइरहेको छ । 'भारतीय अपराधी सूचीमा उनको रेकर्ड पाइएन,' एसपी लोहनीले भने, 'रवि सिंह भन्ने अर्कै चर्चित भारतीय अपराधी रहेछन्, पक्राउ परेका सिंह फरक व्यक्ति हुन् ।'
उनको 'फेसबुक एकाउन्ट' हेर्दा घर-परिवारदेखि फोन नम्बरसमेतको जानकारी सत्य रहेकाले अपराधमा नवप्रवेशी अनुमान गरिएको छ । प्रहरीले सिंहलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । उनका साथबाट अमेरिकामा निर्मित स्वचालित ७ दशमलव ६५ राउन्डको म्यागजिनसहितको पेस्तोल १ थान, त्यसमा प्रयोग हुने ३ राउन्ड गोली, १ थान नलकटुवा बन्दुक र त्यसको ७ राउन्ड गोली बरामद भएको लोहनीले जानकारी दिए । उनी भारत विहार मुजफ्फरपुरका अशोककुमार सिंहका छोरा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दाहिने तिघ्रामा गोली लागी घाइते कादमिया आइतबार राति अस्पतालबाट घर फर्किसकेका छन् । उनले हालसम्म आफूलाई कतैबाट धम्की, व्यापारिक रिसइबी र विवाद नरहेको बताएकाले यस घटनामा अनुसन्धान गर्न समस्या भएको एसपी लोहनीले बताए । 'अढाई वर्षअघि उनको पसल अघिल्तिर बम विस्फोट भएको रहेछ,' लोहनीले भने, 'उति बेला केही रकम दिएर उनी पन्छिएका रहेछन् ।'
पक्राउ परेका सिंहमाथि ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दामा अनुसन्धान अघि बढाइएको छ । अन्यको खोजी जारी रहेको लोहनीले बताए । घटनापछि वीरगन्जका उद्योगी/व्यवसायीमा त्रास बढेको छ ।

- कान्तिपुर