सैनिक जहाज चढेको बेरुजु ७ करोड

काठमाडौं, ६ वैशाख । जहाज तथा हेलिकप्टर मर्मतमा वर्षेनी सरकारसँग करोडौँ बजेट माग्दै आएको नेपाली सेनाले प्रयोगगर्नेसँग भने करोडौं भाडा असुल गर्न सकेको छैन् ।

पहुँचवालाले भाडावापत सेनालाई २०३४ सालदेखि ०७० सम्म करिव ७ करोड बक्यौक्ता तिर्न बाँकी छ ।

प्रधानमन्त्री कार्यालयको २० लाख १९ हजार, गृहमन्त्रालयको २ करोड ६ लाख ४२ हजार, अर्थको ६८ लाख, एमालेको २ लाख ९३ हजार, कांग्रेसको ४ लाख २६ हजार गरी त्यत्रो रकम बक्यौता भएको हो । कारोबार दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् ।