सिन्धुपाल्चोक, ५ असोज : सिन्धुपाल्चोकको ठोकपाता प्रहरी चौकीमा आफ्नै सहकर्मीले गोली हानेर साथीको हत्या गरेका छन् ।
प्रहरी जवान अशोक बरालले आफ्नै सहकर्मी प्रहरी जवान रेशम थापालाई सोमबार राति पौने ९ बजे गोली हानी हत्या गरेका हुन् ।
यसअघि उनीहरुले ड्युटीमा जानुअघि दुवै जना खाजा खान सँगै गएका थिए । बराल दोलखा सुनखानी गाविसका हुन भने थापा कुनचोक गाविसका हुन् ।
उनीहरु नजिकका मिल्ने साथी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
- अन्नपूर्ण पोष्ट

