२८ भदौ, काठमाडौं । एक बाबुले आफ्ना दुई बर्षे छोराको निर्घात कुटपिट गरेर हत्या गरेका छन् । खोटाङ घर भई राजधानी बस्दै आएका हरिधन राईले कुटपिट गरेर छोराको हत्या गरेका हुन् ।
श्रीमती घरमा नभएको बेला शनिबार राईले नाबालक छोरालाई कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भए पनि उपचार गर्न अस्पताल नलगी घरमै बसिरहेका बेला श्रीमती आइपुगेपछि उनले नै छोरालाई उपचारका लागि अस्पताल लगेकी थिइन् ।
छोराको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको नयाँ पत्रिकामा खबर छ ।
वीरअस्पतालमा छोराको भर्ना गरेलगत्तै हरिधन भने फरार भएका थिए । उनलाई प्रहरीले महाराजगन्जबाट शनिबार दिउँसो पक्राउ गरिसकेको छ ।

