आईसीसी यू-१९ विश्वकप : भारतद्वारा नेपाल ७ विकेटले पराजित

माघ १८ - आईसीसी यू-१९ विश्वकपमा भारतसँग नेपाल ७ विकेटले पराजित भएकाे छ । टस हारी ब्याटिङ गरेकाे नेपालले ४८ अाेभरमा ८ विकेट गुमाइ १६९ रन बनाएकाे थियाे । भारतले १७० रनकाे लक्ष्य १९ अाैं अाेभरमा ३ विकेट गुमाएर हासिल गरेकाे हाे ।

नेपालका लागि अाेपनर ब्याट्स्म्यान सन्दीप सुनारले ९७ बल सामना गरि ३७ रन बनाएका थिए । यस्तै प्रेम तामाङले अविजित २९, राजवीर सिंहले ३५ र अारिफ शेखले २६ रनकाे याेगदान दिएका थिए ।

भारतकाे तर्फबाट अभेस खानले ३, मय‌ंक डगर र वासिङटन सुन्दरले २-२ विकेट लिएका थिए ।

नेपालले अन्तिम पाँच अाेभरमा २९ रन बनाएकाे थियाे ।

बंगलादेशमा भइरहेको प्रतियोगितामा न्युजिल्यान्डमाथि ३२ रनको जित हात पारेको नेपालले त्यसपछि आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । भारतले आयरल्यान्डलाई ७९ र न्युजिल्यान्डलाई १ सय २० रनले हराएपछि नेपालसँगै एक खेलअगाडि नै नकआउट चरण पुगेको थियो ।
- कान्तिपुर