करणीको अभियोगमा आठ वर्ष कैद

६ फागुन, दैलेख– जिल्ला अदालत दैलेखले जबरजस्ती करणी मुद्दाको दोषीलाई ८ वर्ष कैदको फैसला सुनाएको छ। 

जिल्ला न्यायाधीश प्रकाशप्रसाद पौडेलको इजलासले ८ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

दैलेखको काशिकाँध गाविस–५ का १९ वर्षीय राजु गिरीलाई १४ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत दैलेखमा २० दिनअघि मुद्दा दर्ता भएको थियो। 

करणीको अभियोगमा राजु गिरीलाई ८ वर्ष कैद र ५० हजार जरिवाना भएको श्रेस्तेदार अधिकृत गोविन्द आचार्यले जानकारी दिएका हुन्। 

निरन्तर सुनुवाइपछि शिघ्र न्यायको अवधारणाअनुसार मुद्दाको फैसला भएको श्रेस्तेदार अधिकृत आचार्यले बताए ।
- नागरिकन्युज