यी हुन् ट्विटरमा सर्वाधिक धेरै फलोअर्स भएका सेलिब्रेटी

अहिले कुन स्टारको फ्यान कती भन्ने कुरा थाहा पाउन सामाजिक संजालमा हेर्दा पनि पुग्छ । सामाजिक संजालमा उनीहरुका लाइक र फलोअर्सले विश्वमा कुन सेलिब्रेटीको चर्चा बढी छ भन्ने अड्कल काट्न सकिन्छ ।

विश्वका चर्चित सेलिब्रेटीका ट्विटर फलोअर्सको संख्या थाहा पाउनु भयो भने तपाई अचम्म मान्नुहुन्छ । विश्वमा सर्वाधिक धेरै ट्विटरमा फलोअर्स कमाउने स्टार हुन्, कैट पेरी । विश्वकै चर्चित गायिकाको फलोअर्स ट्विटरमा ८१.२ मिलियन छन् ।

यसपछि आउँछन्, चर्चित गायक जस्टिन विवर । जसको फलोअर्सको संख्या ७३.७७ मिलियन छन् । अर्की चर्चित गायिका टेलर स्विफ्टको फ्यान ट्विटरमा ६९.६८ मिलियन छन् । उनी अहिले यूवाहरुमा सर्वाधिक चर्चित छिन् ।

अमेरिकाका राष्ट्रपति बाराक ओबामाको फलोअर्स ३ गायक-गायिका भन्दा कम छन् । उनलाई ट्विटरमा ६८.७३ मिलियन ले पछ्याएका छन् । अर्की चर्चित गायिका रिहानाको ३२.५५ मिलियन फलोअर्स छन् । 

जो आफ्नो गीत र हट शैलीका कारण चर्चित छिन् । गायिका लेडी गागालाई पछ्याउने संख्या पनि कम छैन । उनलाई रिहाना भन्दा धेरैले पछ्याएका छन् । ५४.६२ मिलियनले उनलाई ट्विटरमा फलो गरेका छन् ।

गायिका तथा मोडल बि्रट्नी स्पेयर्सलाई पनि ४३.८५ प्रतिशतले पछ्याएका छन् । उनी पनि आफ्ना गीतसंगीतका कारण चर्चामा छिन् । हलिउडका गायिकाहरुलाई ट्विटरमा धेरैले पछ्याएको देखिन्छ । पप सिंगर जेनिफर लोपेजको ट्विटरमा फ्यान संख्या ३५ मिलियन भन्दा बढी छ ।

गीत फरक भएकाले पनि चर्चा पाउने गायक मोहनको आसा छ ।
- अनलाइनखबर