१२ औं सागमा नेपाललाई तीन पदक

२३ माघ, गुवाहटी । भारतमा जारी १२ औं साग गेम्सको दोस्रो दिन शनिबार नेपालले एक रजतसहित तीन पदक जितेको छ । भारत्तोलनमा रजत र कास्य पदक जितेको हो ।

पहिलो पटक देवी चौधरीले दिलाइन् । उनले ५३ केजी तौल समूहमा देवी चौधरीले कास्य पदक जितेकी हुन् । एक दशकदेखि भारत्तोलन खेलमा सक्रिय उनको यो पहिलो अन्तराष्ट्रिय पदक हो ।

गुवाहटीको भोगेश्वरी फुकानानी इन्डोर रंगशादामा उनले १२६ केजी तौल उचाल्दै पदक जितेकी हुन् । भारतकी हर्षदीप कौरले स्वर्ण जिजिन् भने श्रीलंकाकी चमारी मेण्डिसले रजत पदक जितेकी छन् ।

यस्तै विकास श्रेष्ठले रजत पदक जितेका छन् । १२ औं सागमा उनले नेपाललाई पहिलो रजत जिताएका हुन् । नेपाल पुलिस क्लबका खेलाडी विकासले ६२ केजी तौल समूहमा रजत पदक दिलाएका हुन् ।

विकासले आफ्नो तौल समूहमा क्लिन एण्ड जर्कमा १३० र स्न्याचमा ११२ केजीसहित कुल २४२ केजी उचाले । स्न्याचमा ११२ केजी तौल उचाल्ने क्रममा उनले राष्ट्रिय कीर्तिमान बनाए ।

पाँच पटकसम्म अन्र्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका विकासले आफूले धेरै मेहनत गरेकाले जित हात पारेको बताए । । उनले भने-११ औं सागमा चौथो भएपनि लगातार मेहनत गर्न छाडेको थिइनँ । प्रशिक्षक र मेरो कडा मेहनतको फल अहिले मिलेको छ, म अत्यन्तै खुसी छु ।’

यसअघि ११ औं सागमा चौथो भएका उनी दक्षिण एसियाली भारत्तोलन प्रतियोगितामा दोश्रो भएका थिए ।

कुस्तीमा नेपालाई काँश्य

१२ औं सागमा नेपालले तेश्रो पदक भने कुस्तीमा जितेको छ । कुस्तीको महिला तर्फको पि|m स्टाइल समूहमा नेपालका सरोज यादवले तेश्रो पदक दिलाएका हुन् ।

उनले श्रीलंकन खेलाडी डब्लू एम सि परेरालाई पराजित गर्दै काश्य पदक दिलाएका हुन् । यो स्पर्धामा भारतका रजनिसले स्वर्ण पदक जिते भने पाकिस्तानका नदरले रजत पदक हात पारे ।

महिला भलिबल सेमिफाइनलमा

शनिबार नै महिला भलिबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार हुने भनिएको खेलमा प्रतिद्वन्द्वी अफ्गानिस्तान सहभागी नभएपछि नेपालले वाकओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुरुष भलिबलमा भने नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ । भारतसँग १५-२५, १६-२५ र १५-२५ को सोझो सेटमा पराजित भएपछि नेपाल बाहिरिएको हो ।

महिला स्क्वासमा पदकको आशा समाप्त

१२औं साग अन्तर्गत महिला एकलतर्फको स्क्वास खेलमा नेपालको पदक जित्ने आशा समाप्त भएको छ । शनिबार भएको दुबै खेलमा नेपाल पराजित भएको छ ।

गुवाहाटीस्थित नेहरु रंगशालामा भएको खेलमा नेपालकी कृष्णा थापा भारतकी जोश्ना चिनप्पासँग ३-० ले पराजित भइन् । उनी जोश्नासँग ३-११, ४-११ र ४-११ को सेटमा पराजित भइन् ।

अर्को खेलमा नेपालकी भावना सुनुवार पाकिस्तानकी मारिया टुरपाकि उजिरसँग ४-११, २-११ र ३-११ को सेटमा पराजित भइन् ।
- अनलाइनखबर