कास्की समाज पोर्तुगलको पहिलो अधिबेशनसम्बन्धि सूचना !!!
कास्की समाज पोर्तुगलको तदर्थ समितिको मिति २१ फेब्रुअरी २०१६ का दिन बसेको बैठकले कास्की समाज पोर्तुगलको पहिलो अधिबेशन मिति ५ मार्च २०१६ का दिन लिस्बोनमा गर्ने छलफल गरि निर्णय गर्यो , बैठकले तदर्थ समितिका अध्यक्ष नबिन गिरीलाई मूल आयोजक समितिको संयोजक तोक्दै १०१ सदस्यीय मूल आयोजक समितिको निर्माण गरेको छ साथै कार्यक्रमलाई ब्यबस्थित ढंगले सम्पन्न गर्न ७ निम्न तपसिलका उपसमिति र उपसमितिका संयोजकहरु बनायको छ।
तपसिल:
१, आर्थिक उपसमिति, संयोजक : रामहरी घिमिरे ,
२, प्रचार प्रशार उपसमिति, संयोजक : यज्ञ राज तिमिसिना,
३, सदस्यता वितरण उपसमिति, संयोजक : नबिन बराल,
४, अतिथि सम्मान, सत्कार तथा ब्याज, खादा ब्यबस्थापन उपसमिति, संयोजक : सीता बराल,
५, सांस्कृतिक कार्यक्रम उपसमिति, संयोजक : रबि परियार,
६, मंच तथा खाजा ब्यबस्थापन उपसमिति, संयोजक : कृष्ण सुबेदी,
७, स्वयं सेवक ब्यबस्थापन उपसमिति, संयोजक : भद्र बुढाथोकी
८, संरक्षक तथा सलाहकार समिति : सयोजक नारायण गुरुङ, रमेश गुरुङ, गोविन्द पौडेल, शिवराज पौडेल, मनिराम नेपाली, प्रेम नेपाली, राम केसी, दिपक थापा रहेका छन् .
पोर्तुगल बासि कस्केलीहरुको यस एतिहासिक अधिबेशनलाइ भब्य तथा सभ्य तरिकाले सम्पन गर्नकोलागि मूल आयोजक समिति पोर्तुगल स्थित सम्पूर्ण संघ सस्था, पोर्तुगल स्थित बाणिज्यदुत, विभिन्न संस्चारकर्मी, आदरणीय अग्रज, समाजसेवी लगायत सम्पूर्ण कस्केली बन्धुहरुमा विनम्रता पुर्बक हार्दिक अनुरोध गर्दछ।
नबिन गिरि -अध्यक्ष
यज्ञ तिमिसिना -महासचिब, तथा कास्की समाज पोर्तुगल

