जुम्ला । नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ ।
कारिकोट गाविसको २ तिलखामा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेले जानकारी दिए ।
नेपालगञ्जबाट ९ जना यात्रु लिएर जुम्लाका लागि उडेको काष्टमण्डप एयरको नाइन एन एड एबी जहाज दुर्घटना भएको हो ।
जहाज १२:३० बजे नेपालगञ्जबाट उडेको थियो । थप विवरण आउन बाँकी छ । म्याग्दीमा तारा एयरको विमान दुर्घटना भएको दुई दिनमै अर्को दुर्घटना भएको हो । तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २३ जनाको निधन भएको थियो ।

