कुबेतमा सडक दुर्घटनामा परि एक नेपालीले ज्यान गुमाएका छन् । एजिलिटी कम्पनीमा कार्यरत झकबहादुर छन्त्याललाई बिहिबार राती ६ नम्बर रोड पार गर्ने क्रममा सुलैबियामा गाडीले ठक्कर दिएको बुझिएको छ ।
मध्येराति गाडीको ठक्करबाट छन्त्यालको घटना स्थल मै मृत्यु भएको थियो । बिगत १३ बर्षदेखि एजिलिटी कम्पनीमा कार्यरत बाग्लुंग जिल्ला बोङ्गादोभान १ घर भई हाल पोखरा बस्दै आएका ४५ वर्षिय मृतक छन्त्यालको श्रीमती, छोरा र छोरी छन् ।
नेपालमा परिवारलाई पनि खबर दिइसकेको बताउदै उनको शव जतिसक छिटो नेपाल पठाउन नेपाली दुताबासले पहल शुरु गरिसकेको कुरा कम्पनीका सुपरभाइजर माधव शर्माले जानकारी गराए । यद्यपि शुक्रबार र शनिबार कुबेतमा बिदा हुनी हुदा आइतबार मात्रै मृतक छन्त्यालको सब नेपाल पठाउन प्रक्रिया अघि बढ्ने छ।
हँसिला नम्र र सबै संग मिलनसार उनलाई नेपालीहरुले “छन्त्याल दाई” भनि बोलाउने गर्दथे । संगै काम गर्ने साथीको अकस्मात सडक दुर्घटनामा परि ज्यान गुमाएको खबरले एजिलिटिमा कार्यरत सहकर्मी साथीहरु यतिबेला शोकमग्न छन् ।
- कोसेली न्युज
