१५ बैशाख, काठमाडौं । काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताले कालोमोसो दलेका छन् ।
बुधबार दिउँसो जिशिअ गौतमको कार्यकक्षमा पुगेर विप्लव माओवादी सम्वद्ध अखिल क्रान्तिकारीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।
गौतमले शैक्षिक क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटला गरेकोले कारबाही गरिएको पर्चा घटनास्थलमा छरिएको छ । कालोमोसो दल्ने क्रममा केही बेर तनाव भएको थियो ।
गौतमले त्यसको प्रतिवाद गरेका थिए । प्रतिवाद गर्ने क्रममा उनी सामान्य घाइते भएका छन् ।
कालोमोसो दल्ने वित्तिकै उनीहरु घटनास्थालबाट भागेका छन् । प्रहरीले उनीहरुको खोजी कार्य तिब्र पारेको जनाएको छ ।

