योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलमा एक नेपाली युवक चार दिनदेखि सम्पर्कविहीन भएका छन् । बिराटनगरका २१ वर्षीय सुरज आचार्य मे ११ तारिख बिहान ११:४५ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।
पाँचथरबाट जारी ०८१९३९९७ नम्बरको राहदानीमा उनको जन्म मिति २५ अक्टुबर १९९५ उल्लेख छ । कृषिमा रोजगारी खोज्न अलेन्तेजो क्षेत्र गएका उनी चिनजानका साथीहरुसँग भिला नोभा दि मिलफोन्तेस स्थित कोठामा बस्दै आएका थिए ।
रोटेर्डम युनिभर्सिटी नेदरल्याण्डमा विद्यार्थीको रुपमा आएका आचार्य बिगत २ महिनादेखि पोर्तुगलमा थिए । पुलिसलाई खबर गरे पनि अहिलेसम्म उनको स्थिति पत्ता लाग्न सकेको छैन ।