उत्तर कोरियाले प्रशान्त महासागरदेखि अमेरिकासम्म आक्रमण गर्नसक्ने दाबी

९ असार, एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले अव आफ्नो देशसँग अमेरिका लगायतका देशलाई जवाफ दिने हतियारसँग रहेको बताएका छन् ।

आफ्नो देशका बैज्ञानिकहरुको प्रशंसा गर्दै धन्यवाद पनि दिएका छन् ।

किम जोङ उनले पछिल्लो पटक म्याडिसन मिसाइल परीक्षण आफै नीरिक्षण गरेका किम जोङ उनले उत्तर कोरियाले आफ्नो देशको आणविक क्षमता बढाएको पनि बताएका छन् ।

किम जोङ उनले अव उत्तर कोरियाले प्रशान्त महासागरदेखि अमेरिका सम्म आक्रमण गर्न सक्ने भन्दै अब अमेरिका जस्ता देशलाई जवाफ दिन सकिने उद्घोष पनि गरेका छन् ।