काठमाण्डौ, ३१ जेठ– एसएलसी परीक्षामा ३० प्रतिशत भन्दा कम अंक ल्याउने विद्यार्थीले यो वर्षको कक्षा ११ को परीक्षामा भर्ना हुन नपाउने भएका छन् ।
लेटरग्रेडिङ प्रणालीअन्तर्गत यो डी प्लस हो । डी ग्रेढ ल्याउने विद्यार्थीसमेतले भर्ना हुन नपाउने भएका छन् ।
उच्च मावि शिक्षा परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले आइतबार निर्णय गरी शिक्षा मन्त्रालयमा पेश गरेको छ ।
शिक्षामन्त्री एवं परिषद् अध्यक्ष गिरिराजमणि पोखरेलले हस्ताक्षर गरेपछि यो लागू हुनेछ ।
- नेपाल समाचारपत्र

