‘सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।’ नेपालको संविधान २०७२ को धारा ८ मा नेपालको झण्डालाई यसरी चिनाइएको छ। विश्वमै भिन्न रहेको नेपालको राष्ट्रिय झण्डा सबैभन्दा रोचक पनि छ।
यो विश्वकै एक मात्र त्यस्तो राष्ट्रझण्डा हो जुन आयतकार अनि वर्गाकार छैन। समानान्तर तान्दै, लम्ब खिच्दै, वृत बनाउँदै गणितिय विधिको प्रयोग गरि झण्डा कसरी बनाउने भनि संविधानमै उल्लेख गरिएको छ।
नेपालको संविधान २०७२ को अनुसुचि १ मा नेपालको झण्डा बनाउन ३ पेजमा विधि निर्धारण गरिएको छ। यो विधि पछ्याउँदा सजिलै दुई त्रिकोण सहितको माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको आकार भएको झण्डा सजिलै बनाउन सकिन्छ। झण्डामा भएका प्रत्येक आकार गणितले यसरी परिभाषित गर्न सकिने नेपालको झण्डा विश्वकै सबैभन्दा गणितिय झण्डा हो।
गणित, गणितका तथ्य तथा रोचक प्रश्नको जवाफ दिने युट्युव च्यानल नम्बरफाइलको यो भिडियो हेर्नुस् :