काठमाण्डु, २९ असार– चार दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै जाँदा त्रिवि शिक्षण अस्पताल प्रशासनले उपचारमा बेवास्ता गरिरहेको छ ।
केसीलाई अस्पतालमा अनशन बस्न नदिने योजना विफल भएपछि प्रशासनले नियोजित रुपमा उपचारमा आलटाल गरेको हो ।
अनशनको तेस्रो दिन मंगलबार केसीलाई जलवियोजन, छातीको दुखाई र मांसपेशी बाउँडिने समस्या देखिएको छ । श्वासप्रश्वास र मुटुको धड्कन पनि बढेको छ । अवस्था बिग्रिदै गएपछि सहयोगीले केसीको रगत जाँच र स्लाईन दिने खोल्न नर्सलाई आग्रह गरे ।
तर प्रशासनले कुने हालतमा उपचारमा नसघाउन कडा निर्देशन जारी गरेको भन्दै उनीहरु जान मानेनन् ।
- नागरिक दैनिक

