मनु मल्ल, १३ अगष्ट, लिस्बोन, नेपाली नारी समाज, पोर्तुगलले आफ्नै आयोजनामा सधै झैँ यस पटक पनि नेपाली हिन्दु महिलाहरुको महान पर्वको रुपमा मानिएको हरितालिका तीज पर्व धुमधामको साथ मनाउने भएको छ ।
पोर्तुगलमा रहेका नेपालीहरुको धेरै जसोको बिदा पनि आईतबार हुने र यसपटक वर्त बस्ने दिन सेप्टेम्बर ४ तारिख आईतबार परेकोले सोहि दिन तीज मनाउने भएको हो । पहिले पहिले भन्दा अहिले नेपालीहरुको संख्या हजारौ बढि पुगेको, हलमा नअटाउने हुनाले र अर्को कुरा नेपालीहरुको कला,संस्कृतिको विदेशमा पनि प्रचारप्रसार हुन सकोस भन्ने उद्धेश्यले यस पटक हामी सबै नेपालीहरुको चिरपरिचित ठाउँ मर्तिम मुनिज़ ( भाले पार्क) मा तीज मनाउने भएका छौ ।
खुल्ला ठाउँमा तीज मनाउनु पर्ने भएकोले सबै दिदीबहिनीहरुलाई धेरै गरगहना लगाएर नआउनु होला साथै आफ्नो गरगहनाको सुरक्षा स्वयंले गर्नु होला भन्ने हार्दिक अनुरोध छ ।
यस पटक नारी समाज पोर्तुगलले कार्यक्रम आयोजना गर्ने भएकोले नारी समाजको पोर्चुगल स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई, पत्रकारहरुलाई प्रचारप्रसार गरेर सहयोग गरिदिन हुन हार्दिक अनुरोध छ साथै दाजुभाईहरुले पनि आफ्ना महिला दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भएर रमाईलो गर्न सक्ने सहज वातावरण सिर्जना गरी सहयोग गरिदिन हुन हार्दिक अनुरोध छ ।
कार्यक्रमको विवरण :
मिति : ४ सेप्टेम्बर, आईतबार
समय : ३:०० बजे दिउँसो
स्थान : मर्तिम मुनिज़ पार्क