कोरियामा हुण्डीभन्दा बैंक सस्तो, हुण्डी कारोबार गर्नेहरु रकम कुम्ल्याएर भाग्दै

कोरिया नेपालीहरुको आकर्षक गन्तब्य स्थल हो । कोरियामा रहेका ४०हजारको हाराहारीमा रहेका नेपालीहरु मध्ये ९५ प्रतिशत बढिले हुण्डिबाट पैसा पठाउने गरेको अनुमान छ । कोरियाबाट धेरै बैंकहरुले धमाधम बैंकिंग प्रणालीबाट पैसा पठाउन थाले पनि नेपालीहरुको ध्यान अझै पनि हुण्डिबाट हटन सकेको छैन । अगस्तको १० देखि १५ तारिखको विचमा कोरियाबाट पैसा पठाउदा हुण्डि भन्दा बैंक सस्तो पर्न गएपछि कोरियामा हुण्डिबाट पैसा पठाउनेहरु अब बैंक तिर आकर्षित हुन थालेका छन । 

यो समयमा हुण्डिले १०लाख ४० हजार वनको नेपाली १ लाख पठाउदा बैंकबाट पैसा पठाउनेले पनि त्यही हाराहारीको रेटमा नेपाल पैसा पठाउन सक्क्षम भएका छन । यस विचमा ८ लाख नेपाली भन्दा माथिको कारोबार गर्नेले १०लाख ३३ हजार वनको १ लाख रुपैया नेपालमा प्राप्त गरेको सानीमा बैंकका कोरिया प्रतिनिधि प्रविन पौडेलले जानकारी दिए । त्यसो त उनले इशारा रेमिटको फेसबुकमार्फत कोरियाबाट नेपाल पैसा पठाउदा १०लाख ३३ हजार वन देखि १०लाख ४४ हजार वन पर्न जाने जानकारी गराएका थिए ।

त्यसो त अहिले कोरियामा हुण्डिमार्फत पैसा पठाउने कारोबारी एक पछि अर्को गर्दै नेपालीको पैसा उठाएर फरार भएपछि हुण्डि निकै जोखिम कारोबार बन्न गएको छ । यसो त कोरियामा मात्र हैन नेपालमा दिनहु हुण्डि कारोबार प्रकाउ पर्न थालेपछि पनि हुण्डिबाट पठाएको पैसा उच्च जोखिममा पर्न गएको छ ।

अहिले पनि कोरियाको हाना र नेपालको सानीमा बैंकबाट पैसा पठाउदा १० लाख ४५ हजारको हाराहारीमा पुगिरहेको बैंकका प्रतिनिधिको दावी छ अन्य वैंकहरुले पनि कोरियाबाट पैसा पठाउदा सस्तो परेको बताईरहदा किन जानी जानी उच्च जोखिम मोलिरहेका छन नेपाली भन्ने प्रश्न उब्जिने गरेको छ ।

२ वर्ष अघि पनि हुण्डि भन्दा बैंक सस्तो भएको थियो । कोरियामा बैंकबाट पैंसा पठाउदा हुने फाईदाको बारेमा अझै पनि नेपालीहरुलाई पुर्ण जानकारी हुन सकेको छैन । कोरियामा कार्यरत विभिन्न संघ संस्था टाठाबाठाहरुको कमाई खाने भाडो मात्रै भनेर विचार आउदा पनि यहाँका संघ संस्थाका पदाधिकारीको ध्यानाकर्षण हुन सकेको छैन ।

कोरियामा काम को साथै नेपाली संघ संस्थाको सामाजिक अभियानमा लाग्नु निकै खर्चिलो र मेहेनत गर्नुपर्ने देखिन्छ । तर केही व्यक्तिहरुले यसलाई कमाई खाने भाडो बनाउन थालेपछि कोरियामा नेपाली संघ संस्था प्रतिको आकर्षण घटन थालेको छ ।

केही समय अघिसम्म संघ संस्थाको गतिविधिमा देखिने बुसानमा पिएडी गर्दै गरेका लोकनाथ खरेलले नेपाली संघ संस्थाको अवस्थाले आफूलाई दिक्क लाग्न थालेको प्रतिकृया दिएका छन ।

केही समय अघि कोरियामा नमस्ते रेष्टुरेन्टका संचालक लक्ष्मण बोगटी नेपालीको पैसा उठाएर सम्पर्क विहिन भएको समाचार विभिन्न मिडियामा नै आयो । समाचार आएको दुई साता हुदा समेत बोगटीले कुनै स्पष्टिकरण दिएका छैनन जसले गर्दा समाचार पुष्टिको आधार बढदै गएको छ ।

हामीले बोगटीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क गर्न सकिएको छैन कोही उनी बुसानको रेष्टुरेन्टमै रहेको दावी गर्छन भने कोही रेष्टुरेन्टमा नभेटिएको भन्दै बाहिर रहेको दावी गरिरहेका छन । यसको आधिकारीकताको बारेमा हामी सम्र्पक प्रयास गरिरहेको छौं । जिम्मेवार व्यवसायी भए उनले पनि आफैंले घटनाक्रम बारे मिडियालाई जानकारी दिनुपर्छ । 

यस्तो संवेदशिल घटना कुनै एक पत्रकारलाई भन्नुभन्दा आधिकारीक पत्रकार सम्मेलन गरेर जानकारी गराउन राम्रो ठहर्छ । त्यस्तो कार्यक्रममा पिडित भनिएका र पिडक दुवैको कुरा राम्रो संग लिएर घटनाक्रमलार्इ प्रष्ट पार्न सकिन्छ । उनको बारेमा समाचार आएपछि अहिले सामाजिक संजालमा उनको आलोचना बढिरहेको छ । यसबारेमा उनले आफैले पत्रकार सम्मेलन गरेर यर्थात कुरा राख्दा राम्रो हुन्छ कुनै एक पत्रकारलाई फोन गरेर राखिएको विषय विश्वसनिय हुन सक्दैन ।

यसो त यस अघि हुण्डिको रकम लिएर फरार भनिएका कोरियाका व्यवसायी बुद्धि गुरुंग ले आफू फरार नभई काम विशेषले नेपाल गएको र उठाएको रकम तिर्ने बताएका थिए । तर उनले पिडितको पैसा तिरेको नतिरको कुने जानकारी दिएको छैनन । यसले उनीप्रतिको शंका मानिसहरुमा रहिरहन सक्छ यसमा सम्बन्धित व्यक्ति ने सजग हुनु पर्दछ ।

खासगरी केही महिना अघि कोरियामा एन आर एन का सचिव समेत रहेका सोघेन्द्र घले २ करोड ९० लाख नेपाली लिएर फरार भए । यसले नेपालीहरु धेरैको दुःखको रकम डुबाएको थियो । त्यो संगै बेला बेलामा यसरी हुण्डिबाट ठडिने नेपालीहरु धेरै छन । कोरियामा एन आर एन मा लाग्नु अघि पनि उनको पेशा हुण्डि नै थियो। यसकारण एन आर एनलाई यसमा मुछन नहुने केहीको भनाई छ भने केहीले एनआर एन संस्थामा लागेकै कारण उनले उठाउने गरेको रकम हवात्तै बढेको बताउछन ।

कोरियामा विभिन्न संघ संस्थामा सक्रिय पदाधिकारीहरुलाई हुण्डि र मानव तस्करको सञ्जालसंग जोडिएर कानुन विपरित काम गरि नेपालीहरुलाई नै दुःख दिने गरेको बताइन्छ । यसमा कोरियामा कार्यरत राजनीतिक दलसंग आवद्ध केही ठूला भनाउदा नेताहरुको संलग्नताले यो हुण्डि कारोबारी हुनु कोरियामा सामान्य जस्तो भएको छ । कोरियामा हुण्डिको कारोबारीहरु शानको साथ आफूले पैसा पठाउने बताउने गरेका छन ।

त्यसो त हुण्डिबाट पैसा पठाउने पनि अवैधानिक नै हुन । कोरियामा कतिपय अवस्थामा पैसा पठाउन सहयोग माग्ने कारोबारीलाई गाली गर्नुभन्दा यसको बैधानिक वाटो खोज्नु यहा कार्यरत नेपालीहरुको बुद्धिमानी हुन आउने तर्क पाईन्छ ।

कोरियामा हुण्डिबाट गरिने अधिकांश कारोबारलाई बैंकतिर ल्याउने यही उपयुक्त बेला पनि हो । तर केही रेमिट र बैंकको नाम देखाएर हुण्डि गर्नेहरुले बैंकिंग प्रणाली सफल हुन पाएको छैन ।

यस अघि बैंक भन्दा ३०००० वन सम्म हुण्डि सस्तो पर्न जानेमा अहिले बैंक नै सस्तो पर्न थाले पनि यसमा नेपालीहरुको चासो बढन थालेको छ । त्यसो त नेपालीहरुले अझै पनि बैंकिंग प्रणालीलाई झन्झटिलो मान्दै आएको छन । यसमा सम्बन्धित बैंकले छिटो र छरिटो अनि विश्वासिलो सेवा दिन सके नेपालीहरु यसरी हुण्डिेको जोखिममा पर्ने थिएनन । यसमा सम्बन्धित निकायको ध्यान बेलैंमा जाओस ।
- परदेशी लाईफ