आय व्यय विवरण नबुझाउने ११ दलको दर्ता खारेज, ८२ दललाई १०० रुपैयाँका दरले जरिवाना

काठमाडौ, ७ असोज । निर्वाचन आयोगले आय व्यय विवरण नबुझाउने ११ दलको दर्ता खारेज गरेको छ । आयोगले ८२ वटा  दललाई भने १०० रुपैयाँका दरले जरिवाना गरिएको छ ।

निर्वाचन आयोगको बैठकले नवनेपाल निर्माण पार्टी सहितका ११ दलको दर्ता खारेजको निर्णय गरेको हो । खारेज भएका दलहरुको नाम, निर्वाचन चिन्ह र झण्डा एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले प्रयोग गर्न नपाउने गरी कारबाही गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले ८२ दललाई भने १०० रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । साथै जरिवाना रकम बुझाउन ३५ दिन भित्र आयोगमा बुझाउन भनिएको छ ।
- खबरडबली