२४ फागुन, राजविराज । राष्ट्रिय मानवअधिकार आयोग जनकपुर क्षेत्रीय कार्यालयको गाडी राजविराजमा तोडफोड भएको छ । मंगलबार बिहान घटनाको वास्तविकता बुझ्न रव रेग्मीको नेतृत्वमा आयोगको टोली राजविराज पुगेको थियो ।
‘गोली चल्दा मानवअधिकारकर्मी कहाँ थिए’ भन्दै आक्रोशित भिडले गाडीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
आयोग अधिकारी चढेको बा ५ च ७४७३ नम्बरको गाडी मोर्चा कार्यकर्ताले सप्तरी जिल्ला अदालत अगाडि तोडफोड गरेका हुन् ।
सोमबार राजविराजमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो । घटनाको वास्तविकता बुझ्न आयोग मंगलबार राजविराज आएको हो । ‘गोली चल्दा मानवअधिकारकर्मी कहाँ थिए’ भन्दै आक्रोशित भिडले गाडीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
गाडीमा सवार मानवअधिकारकर्मीलाई समेत आक्रमण प्रयास भएको छ । उनीहरुको अवस्था सामान्य छ ।
- नागरिक न्युज