बेल्जियमको मजदूर र्‍यालीमा नेपाली जनप्रगतिशील मोर्चा सहभागी

शेर ब. छन्त्याल, बेल्जियम । बेल्जियममा आयोजना गरिएको मई दिवसमा नेपालीहरु पनि सहभागी भएका छन् ।पुंजीवाद नाफा कमाउने भोकाहरुको राज्यसत्ता भएको र यसले विश्वका जनतालाई जुनसुकै तवरबाट भेदभाव गरेकोले यसको अन्त्य गर्दै समाजवादी सत्ताको स्थापना नै विश्वको वर्तमान संकटको निकास हो भन्ने मर्ममा आयोजित ऱ्यालीमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले भाग लिएको हो । 

बेल्जियमको एन्टवेर्पन शहरमा आयोजित र्‍यालीमा हजारौं मजदुरहरु सहभागी भएका थिए । बेल्जियमको वामपन्थी दल वर्कस पार्टी, बेल्जियम समाजवादी दलहरु, मजदुर संगठन र संघ संस्थाहरुले संयोजन गरेको ऱ्यालीले विभिन्न समाजवादी नाराहरु घन्काउंदै शहर परिक्रमा गरेको थियो ।
      
शान्ति,समानता,स्वाधिनता र सम्वृद्धिको लागि वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढौं भन्ने व्यानर लिएर मोर्चाले उक्त ऱ्यालीमा सहभागी भएको हो । १२८ औं मजदुर दिवसको र्‍यालीलाई वर्कस पार्टी, बेल्जियमका अध्यक्ष पेटर मेर्टेन्सले सम्बोधन गरेका थिए ।