साइप्रसमा २२ वर्षीया नेपाली युवतीको रहस्यमय मृत्यु

३१ साउन : साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । 

फेसबुकबाट लिइएको यमुना खपाङ्गी मगरको तस्वीर
विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन् । पछि मेडिकल जाँचमा उनको मृत्यु भइसकेको देखिएको थियो ।

गैरआवासीय नेपाली संघ साइप्रसले मृत्त युवती रामेछाप जिल्लाकी यमुना खपांगी मगर रहेको जनाएको छ । 

एजेन्सी साइपोर्न सिग्मल नेटवर्कका अनुसार मृत्त मगरलाई उनीसँगै कार्यरत साथीहरूले अचेत अवस्थामा फेला पारेका थिए । तत्कालै एम्बुलेन्स बोलाए नजिकैको अस्पताल लगिए पनि उनको मृत्यु भएको एजेन्सीले जनाएको छ । 

उनको मृत्यु रहस्मय देखिएको छ ।
- नागरिकन्युज