बाढी पहिरोले ५२ को मृत्यु, ३७ वेपत्ता, सयौँ घाइते

काठमाडौ : लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले ५२ को मृत्यु भएको छ भने ३७ जना वेपत्ता भएका छन् । 

बिहीबारदेखि परेको मुसलधारे पानीले पूर्वमा झापादेखि पश्चिममा बाँकेसम्मका अधिकांश भाग जलमग्न भएका छन् ।

गृह मन्त्रालयका अनुसार सुनसरी, रौतहट, मोरङ, सिन्धुली, झापा, दाङ, बाँके, सुर्खेत, बर्दिया, बाग्लुङ, सर्लाही, मकवानपुर, चितवन, पाँचथर, बारा, धनुषा, कपिल्वस्तु र पाल्पा बाढी र पहिरोले उच्च जोखिमयुक्त जिल्ला हुन् ।

कुन जिल्लामा कति मृत्यु ?

सुनसरी- ८
रौतहट- ७
मोरङ- ६
सिन्धुली- ४
झापा- ३
दाङ- ३
बाँके- ३
सुर्खेत- ३
बर्दीया- २
बाग्लुङ- २
सल्यान- २
मकवानपुर- २
चितवन- २
पाँचथर- १
बारा- १
धनुषा- १
कपिल्वस्तु- १
पाल्पा- १

सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्य टोली पुरयाउने, यातायात सुचारु राख्ने, आपूर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने निर्णय गरेको छ।

खोज तथा उद्धारका लागि हेलिकोप्टर, मोटरवोट, र्याफटिङ वोट, डोरी, ट्युव लगायतका साधन प्रयोग गरिएको गृहमन्त्रालयले जनाएको छ ।
- अन्नपूर्ण पोष्ट