विजय थापा, २१ अगस्ट, घाना । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद घानाको तेश्रो वार्षिक साधारणसभा घानाको आकरामा सम्पन्न भएको छ ।
संघका अध्यक्ष मीन मगरको सभापतित्वमा भएको साधारण सभाले वर्ष २०१७-२०१९ का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिमा जगन्नाथ पाठक उपाध्यक्ष, बालकृष्ण निरौला महासचिव, विकास सुवेदी सचिव र कपिल खराल कोषाध्यक्ष चयन भएका छन् ।
त्यसैगरी सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युवा संयोजक चयन भएका छन् ।
समितिको सदस्यहरुमा मनोरथ खडका, बैकुण्ठ पौडेल, युबराज भट्टराई, सुनिल चौधरी र शेरबहादुर खडका रहेका छन् ।