अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई ६ महिना जेल, त्यसपछि नेपाल फर्काइने

सिड्नी, ट्वाइलेटमा क्यामेरा राखेर आफुले हेर्ने आरोप लागेका नेपाली बिद्धार्थीलाइ अष्ट्रेलियन सरकारले जेल चलान गरेको छ । आफुले काम गर्ने ठाउँको ट्वाइलेटमा भिडियो क्यामरा राखेको आरोपमा अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थी विवेक गुराँगाइ पक्राउ परेका थिए ।

पक्राउपछि अस्ट्रेलियन सरकारले उनको भिषा रद्द गर्दै छ महिना जेल सजाय तोकेको छ । ६ महिना जेल सजाय सकिएपछि उनलाई नेपाल फर्काइने बताइएको छ । सिडनीको सरहिल्समा रहेको उलवर्थ सपीङ सेन्टरमा कार्यरत विवेकले ट्वाइलेटमा क्यामरा राखेर त्यसको फील्माकंन आफुले हेर्ने गरेको आरोप लागेको थियो ।

२४ वर्षीय विवेकले छ महिना भिल्लाउड डिटेन्सन सेन्टरमा बिताउनु पर्ने छ त्यसपछि उनलाई प्रहरीको निगरानीमा नेपाल फर्काइने भएको छ । एक महिला कामदारले स्टाफ ट्वाइलेटमा क्यामरा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसपछि छानबिनको दौरान विवेकले त्यो क्यामरा राखेको छानबिनमा पत्ता लागेको सिडनी प्रहरीले जनाएको छ । विवेकको मोबाइलमा गत अप्रिलदेखि जुनसम्मका करिब २ सय ५० वटा महिलाहरुको भिडियो फुटेजको फाइल भेटिएको प्रहरीले जनाएको छ ।

उनलाई नौ महिनाको जेल सजाय मागिएको थियो। ‘म त्यो क्षणलाई संझन्न चाहन्नँ त्यसैले यसको सजाय भोगिरहेको छु’ विवेकले अदालतमा लिखित जवाफ दिदै भनेका छन् । ‘अरु कसैले म र मेरो परिवारमाथि त्यसो गरेको भए पनि त्यो क्षमायोग्य हुदैनथ्यो ।’ उनले अगाडी बताएका छन् । युवा जोश र एकल परिवेशको खराब उपजका रुपमा मैले गल्ती स्वीकारेको छु विवेकले अदालतसामु बताएका थिए । छ महिना जेल सजायका लागि विवेकलाई बुधबार भिल्लाउड जेल चलान गरिएको छ।
- सेतोपाटी