कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो

काठमाडौं, असोज ३०, कतारमा रहेको यु्नाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ कामदारको रोगारी गुमेको छ।

कम्पनी धरासायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन्। युनाइटेड कम्पनीमा नेपालीसहित अन्य मुलुकका कामदार कार्यरत छन्।

तीनमहिनादेखि कामदारले न त तलब पाएका छन् न त आवासीय भिसा नविकरण नै भएको छ। यो खबर होम कार्कीले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।

कामदारहरुले तलब पाउनुपर्ने र स्वदेश फिर्ताको व्यवस्था हुनुपर्ने भन्दै कतारको श्रम अदालतमा मुद्दा पनि दायर गरेका छन्।