टीभी हेर्दा हेर्दै मलेसियामा एक नेपालीको मृत्यु

रामचन्द्र नेपाल, क्वालालम्पुर । मलेसियामा टिभि हेरेर वसिरहेको एक युवाको टीभी हेरेकै ठाउँमा ज्यान गएको छ । शनिवार राती साढे १० वजे तिर सवै साथीहरुसगै एकै ठाउँमा टीभी हेरेर बसिरहेका सर्लाही जिल्ला जयपुर गाविस- ४ वेल्वा जवाडीका ३५ वर्षीय जयप्रकाश महतोको ज्यान गएको हो ।

महतो लेसनेस फर्निचर कम्पनी मुहार वाक्रीमा कार्यरत रहेका थिए । मलेसियामा चाईनिज नयाँ वर्षको अवसरमा कम्पनीहरु विदा भएको कारण होस्टलमै साथीहरुसँंग वसेर उनले पनि टीभी हेरेका थिए । 

टीभी हेरेर गफिदै वसिरहेका उनले एक्कासी मुखवाट र्याल छाड्न थालेका थिए । त्यसपछि खोक्दा खोक्दै ज्यान गएको हो । शव पोसपार्टमको लागि आईतवार विहान मुहारको महारानी अस्पतालमा लगिएको छ ।

मृतकको पाँच छोरी र एक छोरा रहेका छन । महतो सात महिनाअगाडि रोजगारीको लागि मलेसिया आएका थिए ।