के पोर्तुगलमा आप्रवासीसम्बन्धि नीतिमा परिवर्तन भएकै हो त ?

योगेन्द्रमिलन छन्त्याल, १६ मार्च, पोर्तुगल । अर्मासाउ दी पेराबाट राजु श्रेष्ठले फेब्रुअरी पहिलो हप्ता फोनमा भने 'दाइ, पोर्तुगलको न्याश्नलिटी लिन अब १० वर्ष लाग्ने भयो रे नि हो ? मैले भने, मलाई थाहा भए अनुसार होइन ।

एनआरएनकै एकजना साथीले भनेको हो, तपाईलाई थाहा नभएको हुन सक्छ उनले मलाई बुझ्न सुझाव दिए ।

हिजो रतन थापाले फोन गरे : के हो नियम चेन्ज भएछ नि ! अब देशतिरै फर्केको राम्रो हुन्छ होला । फेमिली अप्लाई गरेको थिएँ, प्रोसेस क्यान्सिल गर्नु पर्ला जस्तो पो लाग्यो ।

'मैले फेरि सम्झाएँ' राजु लामाले नमस्ते नेपाली डट कमलाई बताए,  'यो आधिकारिक समाचार होइन ।' यी र यस्ता हल्लाले लिस्बन तातेका छन् हिजो आज ।

श्रेष्ठ र थापा प्रतिनिधिमूलक युवकहरु हुन् । सम्झना बस्नेत पनि पोर्तुगलबाट संचालित एक नेपाली वेबसाइटको खबर सुनेर चिन्तित बनेछन् । फेसबुकमा लेख्छिन् : 'अब पोर्तुगलमा रातो पासपोर्टको सपना देख्ने नेपालीहरुलाई मुश्किल पर्ने भएछ !'

के पोर्तुगलमा आप्रवासीसम्बन्धि नीतिमा परिवर्तन भएकै हो त ? सत्यतथ्य के हो ? 

कर्मा लामाले फेसबुकमा लेख्छन् 'यो फेक न्युज हो, बजारीकरणका लागि यसो गरिनु हुन्न । यस्ता न्युज पब्लिश गर्दा रिलाइएबल सोर्स खोजेर न्युज कत्तिको सत्य हो भन्ने कुरा भेरिफाइ गर्न जरुरी छ ।'

पोर्तुगलको इमिग्रेशनबारे गहिरिएर जानकारी राख्दै आएका जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले नेपालीहरुले बेला बेलामा यस्ता हल्ला चलाउने गरेको स्मरण गरें । इमिग्रेशनबारे पछिल्लो समाचार भ्रमपूर्ण छ । सापकोटाले सबै नेपालीलाई हल्लालाई विश्वास नगर्न अनुरोध गरे । 

हल्ला चलेको प्रावधानबारे धेरै पहिले संसदमा छलफल चलेको थियो । उनका अनुसार लिगल भएको ६ वर्ष पुगेका, भाषामा A2 लेभल उत्तिर्ण गरेकाले नेश्नलिटीका लागि आवेदन दिन सक्दछन् ।

त्यसो त पोर्तुगल बेला बेलामा यस्ता आतंकित बनाउने समाचार आइरहने देश हो । तीन वर्ष अघि प्रकाश तिमिल्सिना भन्ने एक युवकले पोर्तुगलमा आप्रवासी नीति बन्द भएको समाचार सम्प्रेषण गर्दा हलचल मच्चिएको थियो ।

गत २०१३ को मार्च १ तारिखपछि इमिग्रेशनसम्बन्धि नीतिमा कुनै फेरबदल भएको छैन ।

यस्ता छन् पछिल्लो परिवर्तन »»

कसले लिन सक्छ पोर्तुगीस नेश्नलिटी ?

Portuguese nationality related law
According to SEF at 01-03-2013
Portaria 1403-A/2006, de 15 de Dezembro
Portuguese language knowledge.
DL n.o 237-A/2006, de 14 de Dezembro
Portuguese nationality regulation.
Lei Orgânica n.º 2/2006, de 17 de Abril
Fourth change to - Lei n.º 37/81, de 3 de Outubro.