योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलका पहिचान पक्षधर संघ संस्थाहरुले बाणिज्यदूतमार्फत संविधान सभाध्यक्ष सुभाषचन्द्र नेम्बाङलाई
ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सकेसम्म छिटो सहमतीय पद्धतिबाट
पहिचानसहितको संघीय संविधान जारी गर्न ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापनमा कांग्रेस
र एमालेको निर्देशनमा संविधान
सभाका अध्यक्षबाटै
कुनै दल विशेषको
प्रवक्ता झैँ गरी २०७१
माघ ११ गते संविधान सभाभित्रका
१९ दलहरुको असहमतिकाबीच
संविधान सभाको बैठकमा बहुमतीय
प्रक्रियाबाट संविधान निर्माण
गर्नका लागि प्रश्नावली समिति
गठन गर्नु
पराकाष्ठा भएको आरोप लगाइएको छ । वर्तमान
राजनीतिलाई मुठभेडमा धकेल्ने
पश्चगामी षडयन्त्र भएको उल्लेख गर्दै
यो कदमको घोर निन्दा गरिएको छ ।
सहमतिको
नाममा असहमतिको नाटक मन्चन
गर्ने अनि संविधान लेखन जस्तो
महान
कार्यमा विश्वव्यापी मान्यतालाई
लत्याउने गरेको उल्लेख छ । अन्तरिम संविधानको
मर्म र भावनालाई कुल्चदै
बहुमतिय प्रक्रियाको
दम्भ देखाउने जुन प्रयत्न
गरिएको छ यसबाट राष्ट्रलाई प्रतिगमनतर्फ
जबरजस्त धकेल्ने
हर्कत भएकोमा घोर भ्रर्त्सना गरिएको छ ।
प्रमुख
प्रतिपक्ष दलसहितको ३० दलीय
गठबन्धन साथै
आदिवासी
जनजातिहरुको पहिलो चरणको
आन्दोलनको
जनादेशलाई पनि सम्मान
गर्दै सहमतिय प्रक्रियाबाट
संविधान बन्ने वातावरण सृजना
गर्ने कामको
शीघ्र पहलका लागि पनि ध्यानाकर्षण गराइएको छ ।
आदिवासी जनजाति अन्तर्राष्ट्रिय संघर्ष (२३ राष्ट्रका महासंघ आवद्ध) समितिका सचिव योगेन्द्रमिलन छन्त्यालको संचालनमा संयुक्त संघर्ष समिति, पोर्तुगलका संयोजक डिलाराम चापागाईं, प्रवक्ता सोम शेर्पा र लिस्बनका लागि अवैतनिक बाणिज्यदूत मकरबहादुर हमालले ज्ञापन पत्र हस्तान्तरणबारेमा आ आफ्नो भनाइ राखेका थिए ।
बाणिज्य दूतावासमा आइतबार आयोजित कार्यक्रमको औचित्यसहित छन्त्यालले ज्ञापन पत्र पढेर सुनाएपछि संयोजक चापागाईंले बाणिज्यदूत हमाललाई हस्तान्तरण गरेका थिए ।
संयोजक चापागाईं, प्रवक्ता शेर्पा, आदिवासी जनजाति महासंघका अध्यक्ष कान्छा शेर्पा, अन्तर्राष्ट्रिय संघर्ष समितिका सचिव एवं महासंघ पोर्तुगलका महासचिव छन्त्यालले ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् ।
यसैगरी नेपाली जनप्रगतिशील मंचका उपाध्यक्ष सोनाम योञ्जन लामा, नेपाली सङ्घीय समाजका अध्यक्ष पन्च गुरुङ, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सहयोग समितिका सचिव रुपक श्रेष्ठ, किराँत समाज अध्यक्ष गणेश याक्खा, तामाङ समाज अध्यक्ष पाल्जोर लामा, मगर समाज अध्यक्ष लालबहादुर पुन, तमु समाज अध्यक्ष राजकुमार गुरुङ, नेवा पुच: अध्यक्ष श्रीकुमार प्रजापति, शेर्पा संघ युरोप उपाध्यक्ष पेम्बा शेर्पा र शेर्पा किदुग सचिव रिञ्जी शेर्पाले पनि ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
ज्ञापन पत्र प्रधानमन्त्री सुशील कोइराला, ३० दलीय मोर्चा संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, संघीय समाजवादी पार्टी अध्यक्ष अशोककुमार राई र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका संयोजक पद्मरत्न तुलाधरलाई बोधार्थ दिइएको छ ।
ज्ञापन पत्र बुझाउन चापागाईं, याक्खा, योञ्जन लामा, आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष दावासाङ्गे पाख्रिन र जनप्रगतिशील मंच अध्यक्ष राम गौचन सम्मिलित एक टोली नेपाल गएको छ ।
