१० चैत, रुपन्देही । बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलका एसएलसीका प्रतिभाशाली परीक्षार्थी सुदीप अधिकारी आइतबारदेखि बेपत्ता भएपछि अपहरणको आशंकामा प्रहरी र अभिभावकले खोजी अभियान तीव्र पारेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही एसपी राजेन्द्र ढकालका अनुसार सोमबार बेलुकादेखि बुटवलको राजमार्गै र जंगल क्षेत्रमा दुई सय प्रहरी परिचालन गरी खोजी तीव्र पारिएको छ । भारतीय सीमावर्ती नाका बेलहिया-सुनौलीदेखि गोरखपुरसम्म पनि प्रहरी परिचालन गरी खोजी भइरहेको जानकारी उनले दिए ।
न्यु होराइजनका प्रिन्सिपल लोकनाथ उपाध्यायका अनुसार अधिकारी प्रतिभाशाली छात्र हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।