काठमाडौं, चैत १४ । भारतमा आम आदमी पार्टिको लामो समयदेखि विवादमा रहेको आन्तरिक लोकतन्त्रको मुद्धाले अन्ततः निकै गम्भीर र नयाँ मोड लिएको छ । शनिवार बसेको पार्टीको कार्यकारिणी बैठकमा केजरीवालको बिरोध गर्नेहरुलाई बाउन्सर लगाएर कुटिएको छ ।
बैठकमा कुटपीट भएपछि हतास मनस्थितिमा लोकतन्त्रको हत्या भएको भन्दै पार्टीको दुईजना प्रभावशाली नेता प्रशान्त भूषण र योगन्द्र यादवलाई बैठक छोडेर बाहिरएका थिए ।
बैठकबाट बाहिर निस्केपछि भूषणले बैठकमा लोकतन्त्रको हत्या भएको बताए । आजको बैठकमा अरविन्द केजरीवालको भाषण सकिएपछि गोपाल रायलाई बैठकको अध्यक्षता ग्रहण गर्न लगाएर केजरीवाल बाहिरिएको र प्रस्ताव लेख्न खोज्दा कुटपीट गरिएको उनले बताए ।
पूर्व निर्धारित योजना अनुरुप बाउन्सरहरु बोलाएर लोकतन्त्र, स्वराज र गलत प्रवृत्तिको बिरोध गर्नेहरुमाथि हमला भएको उनले भारतीय सन्चारमाध्यमलाई बैठकको सबिस्तार बताउँदै भने ।
दिल्ली मुख्यमन्त्री तथा आपका पूर्व संयोजक अरविन्द केजरीवालको निरंकुश र गैर लोकतान्त्रिक चरित्रका कारण आन्तरिक लोकतन्त्र धरापमा परेको बताउँदै यी दुबै नेताहरुले विगत केही महिना यता आवाज उठाउँदै आएका थिए ।
दिल्ली मुख्यमन्त्री तथा आपका पूर्व संयोजक अरविन्द केजरीवालको निरंकुश र गैर लोकतान्त्रिक चरित्रका कारण आन्तरिक लोकतन्त्र धरापमा परेको बताउँदै यी दुबै नेताहरुले विगत केही महिना यता आवाज उठाउँदै आएका थिए ।
यसअघि सम्पन्न पार्टीको कार्यकारिणी बैठकमा संयोजक केजरीवालले संयोजक पद छोडे पनि विवाद थामिएको थिएन । शनिवारको बैठकमा योगेन्द्र यादव र प्रशान्त भूषणका विरुद्ध चर्को रुपमा प्रस्तुत भएका केजरीवालले कटु शब्द प्रयोग गरेको एजेन्सीहरुले जनाएका छन् ।
भूषणले भने आफ्ना मागहरुको सुनुवाई नभएसम्म आन्दोलन जारी रहने बताए । उनले फुटाउने या पार्टी नछोड्ने भन्दै बरु आन्तरिक लोकतन्त्रका लागि पार्टीभित्र थप संघर्ष गर्ने प्रतिक्रिया दिए ।

