४ फागुन, काठमाडौं । इजरायलमा भएको आम निर्वाचनमा हालका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी र आइजेक हरजोग नेतृत्वको मध्य वामपन्थी जियोनिष्ट युनियनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतदान गरेर फर्किएकाहरुसँग गरिएको मत सर्वेक्षणले कसैले पनि बहुमत नल्याउने देखाएको छ ।
१ सय २० सदस्यीय संसदमा नेतान्याहू र हरजोगको पार्टीले २७-२७ सिट जित्ने स्थानीय टेलिभिजन च्यानलहरुले बताएका छन् । एक टेलिभिजन च्यानलले भने नेतान्याहुको पार्टीले एक सिट बढी जित्ने अनुमान गरेको छ ।
बीबीसीका अनुसार बहुमत नआउने भएपछि इजरायलमा मिलिजुली सरकार बन्ने छ । नयाँ सरकार बनाउन केही समय लाग्ने बताइएको छ ।
मतदान सुरु हुनु अघि गरिएको मत सर्वेक्षणमा प्रधानमन्त्री नेतान्याहुको पार्टी जियोनिष्ट भन्दा पछि पर्ने देखाइएको थियो । सर्वेक्षणमा अरब इजरायल पार्टीको गठबन्धन तेस्रो स्थानमा रहने देखाएको छ ।
मंगलबार भएको आम निर्वाचनमा मतदाताहरुको उल्लेख्य सहभागीता थियो ।

- अनलाइनखबर