काठमाडौँ, ३ चैत । उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई प्रहरी र अदालतका कर्मचारीले पक्राउ गरेका छन् ।
अहिले उनलाई महाराजगञ्ज स्थित प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोमा राखिएको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देकक महेन्द्र उपाध्यायले सेतोपाटीलाई जानकारी दिए ।
पाण्डेलाई भोलि जिल्ला अदालतमा उपस्थित गराईने पनि उनले बताए ।
सर्वोच्च अदालतले उनलाई पक्राउ नगर्न यसअघि दिएको अन्तरिम आदेश बदर गरे लगत्तै प्रहरी र अदालतका कर्मचारीको टोलीले पाण्डेलाई उनकै निवासबाट पक्राउ गरेको हो ।
पञ्चायतकालमा भ्रष्टाचार मुद्दामा पाएको कैद मिनाहा भैसकेको दावि गर्दै उनले आफूलाई पक्राउ गर्नबाट रोक लगाउन आदेशको माग सहित रिट दिएका थिए ।
उनलाई तत्काल पक्राउ गर्न नपर्ने भनि यस अघि सर्वोच्चले दिएको आदेशलाई कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले बदर गरेको हो ।
पुनरावेदन अदालतले २०३९ सालमा उनलाई भ्रष्टाचार मुद्दामा जरिवाना र कैद सजाय सुनाएको थियो। उनले कैद भुक्तान गर्न अझै १ वर्ष ९ महिना २७ दिन बाँकी रहेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा परेको थियो ।
जिल्ला न्यायाधीश अच्युत विष्टको इजलासले २०७१ साल असार २७ गते, पाण्डेले कैद भुक्तान गर्न बाँकी रहेको भन्दै फैसला कार्यान्वयन गर्न सक्ने गरि आदेश गरेको थियो ।
तर पाण्डेले आफुले राजा विरेन्द्रको हुकुम प्रमाङगीबाट २०४२ सालमै जरिवाना र कैद मिनाहा पाएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
जरिवाना र कैद मिनाहा गर्न आफुले तत्कालिन राजा समक्ष चढाएको विन्तीपत्र र मिनाहाको रेकर्ड जिल्ला अदालतमा भएको उनले दावी गरेका थिए ।
सर्वोच्चले भने, उनले दावी अनुसार प्रमाण पुराउन नसकेको उल्लेख गरेको छ ।
‘आफुले जिकिर गरेबमोजिम कैदतर्फ छुट्टै जाहेर गरि माफी मिनाहाको हुकुम प्रमाङगी प्राप्त गरेको प्रमाणीत गर्न नसकेको र काठमाडौँ जिल्ला अदालतमा सो सम्बन्धी कागजात प्राप्त भएको पनि प्रमाणित गर्न नसकेको अवस्थामा निवेदनमा जिकिर लिँदैमा कैदको लगत मिनाहा भएको मान्न सकिने देखिएन,’ सर्वोच्च अदालतको आदेशमा उल्लेख छ ।

- सेतोपाटी