३ चैत, गोरखा । मनकामना ५ डाँडागाउँका मानबहादुर थापा बेपत्ता भएको ३० वर्षपछि गत शुक्रबार घर फर्किए। बाबु टीकाराम र आमा सुकमायाको मृत्यु भइसकेको र भाइ गणेश अंश लिएर छुट्टिएको थाहा पाए। पत्नी शान्ता खैरेनीमा बसोबास गरेको पनि थाहा पाए । यस अवधिमा आफ्नै अनुहार मिल्ने एकजना आएर आफ्नै अभिनय गरेर १० वर्ष घरमा बसेको, नागरिकता लिएको, अंश लिएको, बाआमाको काजकिरिया गरेको र श्रीसम्पत्ति बेचबिखन गरी बेपत्ता भएको थाहा पाएपछि अनि उनी चकित भए।
‘घरमा आएँ। आफ्ना दमाली (साथीभाइ) भेटें। सबै अँगालो हालेर रुन थाले’, उनले शुक्रबार दुई बजेतिर गाउँ आइपुग्दाको घटना सम्झँदै भने, ‘किन, के भयो र रोएको भनेर सोध्दा पो थाहा भयो, एउटा मान्छे म बनेर आएछ। १० बर्षसम्म बसेछ। बुबाआमा मरेपछि झिटिझाम्टो बेचेर हिँडेछ। पत्नी शान्ता भने यो मेरो लोग्नै हुँदै होइन भनेर नजिक पर्न नमानी खैरेनी गएर बसिछन्।’
अहिले आफ्नो नक्कली ‘अवतार’ कहाँ छ भन्ने कसैलाई पत्तो नभएको उनी बताउँछन्।
अब के गर्ने? केही निकास निस्कन्छ कि भन्ने आशाले उनी सोमबार जिल्ला प्रहरी कार्यालयमा आइपुगेका छन्। ‘तर प्रहरीले पनि कुनै उपाय दिन सकेन’, निराश भएर साँझ घर फर्केका उनले भने, ‘उसका नाममा निवेदन दिऊँ भने नाम, ठेगाना, बाबुको नाम सबै एउटै भएपछि आफैं पक्राउ परिने रहेछ।’ उनी नक्कली मानबहादुरलाई पत्ता लगाउने ध्याउन्नमा रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

‘उसलाई पक्राउ गर्न सकिएन भने त सम्पत्ति फिर्ता गर्नुपर्ला भनेर मेरो परिवारलाई सिध्याउन सक्छ’, मानबहादुर भन्छन्, ‘त्यसैले सबैभन्दा पहिले उसलाई पक्राउ गर्नुपर्यो। तर आज प्रहरीले आलटाल गर्यो। वकिललाई समस्या सुनाउँदा कागजी बेहोरा कसरी मिलाउने भनेर अल्मलिए।’ आफ्नो नामको नागरिकता पनि उसले लिएपछि नागरिकताको प्रतिलिपि पाउन समस्या भएको गुनासो उनले गरे।
गाउँमा पुन्टे भनेर बोलाइने मानबहादुरले गाविसको रेकर्डअनुसार २०४२ साल माघ १७ गते नागरिकता बनाएका थिए। २०४३ सालमा उनी लहैलहैमा भारत गए। ‘हिमाञ्चल प्रदेशका विभिन्न ठाउँमा आफ्नै समस्याले म उतै अल्झिएर आउन पाइनँ’ उनी भन्छन्, ‘अहिले दाङको एेलानी जग्गामा बसोबास गर्छु। आफ्नो नाममा दर्ता गर्न नागरिकता चाहिएर आएको।’
उनी हराएको १९ वर्षपछि २०६१ सालमा उनका आफन्त टीकाराम थापा कामविशेषले काठमाडौंको केन्द्रीय कारागारमा पुगे। मानबहादुरजस्तै मान्छे जेलमा देखेपछि घरमा फर्केर मानबहादुरका बुबाआमालाई यो सुनाए।