५ चैत, हेटौंडा । मकवानपुरको एक माहिलाले छोरालाई नागरिकता दिलाउन पतिसँग सम्बन्ध विच्छेद गर्नुपरेको छ । हेटौंडा-९ की इन्दुकुमारी थापाले छोरा लक्की शर्मालाई नागरिकता दिलाउन पति रामलाल शर्मासँग सम्बन्ध विच्छेद नै गर्नुपरेको नेपाल समाचारपत्रमा खबर छ ।
‘छोराले एसएलसी दिएसँगै नागरिकता बनाउन भनेको भन्दै थियो, पाँच वषैदेखि प्रयास गर्दा बल्ल बुधवार नागरिकता बन्यो, मेरो खुशीको सीमा नै छैन’ -छोराको नागरिकता बनेपछि थापाले भनिन् । यसका लागि अधिवक्ता ललिता श्रेष्ठले कानूनी सहयोग गरेकी थिइन् ।
करिब ५८ वर्षीय रामलाल तत्कालिन सेन्थेटिक कपडा उद्योगमा काम गर्थे । काम गरिरहेको अवस्थामा दुर्घटनामा परेर उनले हात गुमाउनु पर्यो । उनकी पत्नी इन्दुकुमारी सोही उद्योगमा काम गर्थिन् । शारिरीक रुपमा असक्त भएपछि पतिले जागिर छाड्नुपर्यो ।
रामलालको नेपाली नागरिक भए पनि उनको नेपाली नागरिकता बनेको थिएन । छोरा लक्कीको नागरिकता बनाउनका लागि स्थानीय प्रशासनले बाबु र आमा दुबै नेपाली भएको प्रमाण माग गरेको थियो ।
आमा इन्दुकुमारीको मात्र नेपाली नागरिकता भएकाले प्रशासनले लक्कीलाई नागरिकता दिन मानेन । ‘कानून र नजिरअनुसार त्यसो गर्नु जरुरी थिएन । अधिवक्ता श्रेष्ठले कानूनी प्रक्रिया पूरा गरी सम्बन्ध बिच्छेद गराएर करिब २३ वर्षीय लक्कीलाई नागरिकता प्राप्त गर्ने आधार तयार पारेको बताइन् ।