एमआरपीमा दलालको बिगबिगी, दलालका कारण सेवाग्राहीलाई सास्ती

काठमाडौं । हस्तलिखित राहादानीलाई प्रतिस्थापन गर्ने मिति नजिकै जाँदा मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिनेको भीड बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बबरमहल क्षेत्र दिनहुँ जसो एमआरपी बनाउनेहरुको भीड देखिन्छ । फारम भर्दा ध्यान नपुर्‍याउदा सेवाग्राहीले दुःख पाइरहेका छन् । तर, सरकारी चरम लापर्वाहीका कारण एमआरपी छपाईमा उत्तिकै गल्ती भेटिएको छ । जिल्ला प्रशासन कार्यालय वरिपरि डुल्ने दलालका कारण सेवाग्राहीले उत्तिकै सास्ती ब्यहोर्नु परिरहेको छ । जिल्ला प्रशासन कार्यालय क्षेत्रमा पुग्दा सजिलै यस्ता हर्कतहरु देख्न सकिन्छ ।