युरोपको घडीको सुईलाई वर्षको दुई पटक मिलाउनु पर्छ । आइतबार २९ मार्च देखि गर्मीको समय रुपान्तरण हुने गर्दछ । यसकारण शनिवार वेलुकी सुत्नुभन्दा पहिले घडीको सुईलाई घुमाउनु नबिर्सनु होला ।
नयाँ समय अनुसार अहिलेको समयलाई एक घण्टा अगाडि लैजानु पर्ने हुन्छ । रातको समयमा समय परिवर्तन हुने गर्दछ । विशेषत युरोपमा ०२:०० लाई ०३:०० बनाउनु पर्छ । यो समय यहाँ एक घण्टा कम सुत्न पाइन्छ ।
आइतवार बिहान काम हुनेले समय मिलाउन बिर्सेर एक घण्टा ढिला हुन सक्ने सम्भावना हुन्छ । समयमै सावधानी अपनाउनुहोला ।
सार्वजनिक जानकारीका लागि नमस्ते नेपाली डट कम

