काठमाडौं, चैत २९ । बाग्लुङ क्षेत्रनम्बर १ को उपनिर्वाचनको मतगणना सुरू भएको छ । जिल्ला विकास समितिको हलमा जारी मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।
मतदानमा विद्युतीय मेसिन प्रयोग गरिएकोले परिणाम पनि छिट्टै सार्बजनिक हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
दोस्रो संविधानसभा चुनावबाट निर्वाचित कांग्रेस सभासद हरिबहादुर खड्काको निधन भएपछि बाग्लुङ क्षेत्रनम्बर १ मा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तथा खड्काकी श्रीमती चम्पा, एमालेकी मनकुमारी केसी र एमाओवादीका कृष्णबहादुर केसी सहित १० राजनीतिक दल र स्वतन्त्र गरेर १३ उम्मेवार प्रतिस्पर्धामा छन्।
संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका खड्काले १३ हजार ५ सय मत पाएका थिए भने एमालेका हिराबहादुर खत्रीले ११ हजार ९ सय ६३ मत पाएका थिए । तेस्रो स्थानमा रहेको एमाओवादीका कृष्णबहादुर केसीले ६ हजार ३ मत पाएका थिए ।

ताजा अवस्थाः
कुल खसेको मत : ३८२९०
गणना भएको मत : ३२८३१
कांग्रेसः १४२५९
एमालेः १३११८
एमाओवादीः २२८६
शनिवार विद्युतीय मेसिनबाट भएको मतदानमा ५२ हजार २ सय २ मतदाता रहेकोमा ७३ दशमलब ३४ प्रतिशत मत खसेको थियो ।