काठमाडौं, चैत २९ । माघमा संविधानसभा भवनभित्र विपक्षी सभासदहरूले नाराबाजीसहित बेल घेराउ गर्दा दौरा सुरूवाल लगाएका मर्यादा पालकको लस्कर आयो । एक अर्काको हातको साङ्लो बनाएर बसेको ती मर्यादापालक प्रहरी प्रधान कार्यालयबाट खटिएका थिए ।
संविधान सभाको हलभित्र त्यो बेला ५ सय जनशक्ति परिचालन गरिएको थियो। संविधान सभा/संसदमा मर्यादापाकलका रूपमा खटिनेहरूको दरबन्दी नै नभएको खबर आजको कान्तिपुरमा प्रतिमा बाँस्कोटाले लेखेकी छन् ।
‘तत्काल गण, गुल्मबाट झिकाएर ब्रिफिङ गरेर परिचालन गरियो’ एक प्रहरी अधिकारीले भने, ‘मर्यादित स्थानमा परिचालन गरिने प्रहरीलाई तालिम दिएर मात्र पठाइन्छ । तर एक दुई घन्टाको तयारीमा प्रहरी पठाइएको थियो ।’
‘तत्काल गण, गुल्मबाट झिकाएर ब्रिफिङ गरेर परिचालन गरियो’ एक प्रहरी अधिकारीले भने, ‘मर्यादित स्थानमा परिचालन गरिने प्रहरीलाई तालिम दिएर मात्र पठाइन्छ । तर एक दुई घन्टाको तयारीमा प्रहरी पठाइएको थियो ।’