पूर्व प्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता सूर्यबहादुर थापाको निधन

http://nepalibahas.blogspot.pt/2015/04/former-prime-minister-surya-bahadur.html
पूर्वप्रधानमन्त्री तथा राप्रपाका निवर्तमान अध्यक्ष सूर्यबहादुर थापाको उपाचारका क्रममा भारतमा निधन भएको छ । थापाको मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार मध्यराती निधन भएको हो ।

८८ बर्षीय थापा केही समयदेखि मुटु, श्वासप्रश्वाससम्बन्धिको रोगबाट पीडित थिए  ।
 
स्वास प्रस्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । गत चैत ५ गते आफ्नो ८८ औं जन्म दिन मनाएका थापा चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए ।

थापाको अस्ति शुक्रबार आन्द्राको सफल सल्यक्रिया भएको थियो । डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका भएपनि बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए ।

पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए । थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन्  । उनी बाबुलार्इ लिएर उपचारका लागि दिल्ली गएका थिए ।

यसैबीच वरिष्ठ नेताको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको  राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए ।