शुक्रबार ४ गते राजधानीमा विशेष कार्यक्रम गरेर सम्मान हस्तान्तरण
आदिवासी जनजाति आन्दोलनलाई मिडियाले उपेक्षा गरेको भन्दै खरो टिप्पणी दिएवापत पत्रकारहरुको बहिष्कारमा परेका आङ्काजी शेर्पालाई पत्रकारहरुले नै ‘वर्ष व्यक्तित्व–२०७१’ को सम्मान दिने भएका छन् ।
२०६८ जेठ ७, ८ र ९ गते भएको जनजाति आन्दोलनको बेला मिडियालाई गाली गरेको भन्दै रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा शेर्पालाई प्रेस युनियनका नेता एवं पत्रकार खिला कार्कीको अगुवाइमा बहिस्कार गर्नुका साथै ‘गेट आउट’ भनिएको थियो ।
त्यसपछि विभिन्न कोणबाट नेपाली मिडियामा एउटा चर्चाका पात्र बनिरहेका शेर्पालाई शेर्पा पत्रकार संघले ‘वर्ष व्यक्तित्व–२०७१’ बाट सम्मानित गर्ने भएको हो । संघका सहसचिव फूला शेर्पाका अनुसार संघको वार्षिकोत्सवको अवसरमा काजीलाई ‘वर्ष राजनीतिक व्यक्तित्व’को रुपमा सम्मान गर्न लागिएको हो ।
देशभरका शेर्पा पत्रकारहरुको साझा संगठनको रुपमा रहेको संघले शुक्रबार ४ गते राजधानीमा एक विशेष कार्यक्रम गरेर सम्मान हस्तान्तरण गर्ने छ । कार्यक्रमकै दिन जुद्ध ढाक्रे एकल सांगीतिक साझ कार्यक्रम गरिने बताइएको छ ।

- इसमता