काठमाडौं, चैत २६। वृद्धभत्ता ल्याइदिने भन्दै एक अपरिचित व्यक्तिले खाली कागजमा ल्याप्चे र सही गराएपछि ८२ वर्षीय एक वृद्ध ठगीएका छन् । काठमाडौं नैकाप तीन निवासी चिरकाजी माली तीन महिनायता लाखौं रूपैयाँको ऋणी बन्न पुगेको खबर आजको राजधानीमा छापिएको छ।
न एक रूपैयाँ कसैसँग लिनु, न मुद्दा मामिला गर्ने व्यक्ति चिनजानको नै हुनु ? एक्कासी अपरिचित व्यक्तिले २५ लाख रूपैयाँको सावाँ व्याज दाबी गर्दै न्यायलयमा हालेको मुद्दाको म्यादबारे जानकारी पाएपछि माली यो उमेरमा एकाएक ऋणी बन्नुपरेको छ ।
ठगीको जालोमा परेका मालीलाई गत साउनमा स्टोभ बनाइदिने निहुँमा घर घरमा पुग्ने एक व्यक्तिले गराएको लेनदेन कागजमा चिरकाजी मालीविरूद्ध हालिएको मुद्दामा रौतहटको सिमरा भवानीपुर बस्ने सैलुन्हा साही फकिरको श्रीमती खतिजन खातुनको नाम ठेगना उल्लेख छ तर उनी खातुनलाई नै चिन्दैनन् । नत खातुनले नै उनलाई चिनेकी छन् ।
माली यो उमेरसम्म काठमाडौंभन्दा बाहिर गएकै छैनन् । जीवनमै पहिलोपटक रौतहट पुगे । त्यहाँ पुगेपछि मात्रै उनले थाहा पाए कि, उनलाई कति ऋण देखाएर कागज गराइएको रहेछ भनेर ।