प्रयास लिम्बु । ताप्लेजुङ, चैत २५ – ताप्लेजुङमा गाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्लाको खेबाङ गाविस वडा नं. ६ बस्ने पुजन गिरीले चरनमा भएको गाईलाई करणी गरेको भनी प्रहरीमा उजुरी दिएपछि सोही वडा बस्ने १८ वर्षीय सञ्जिव गिरी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी हवल्दारको नेतृत्वमा गएको टोलीले गिरीलाई बुधबार बिहान पक्राउ गरेको हो ।
पक्राउपछि गिरीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरिएको र निजलाई पशु करणीअन्तर्गत मुद्दा चलाइने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
प्रहरीका अनुसार खेबाङस्थित तावाखोला जङ्गलमा चरनमा भएको अवस्थामा मङ्गलबार दिउँसो गिरीले करणी गरेको गाई धनी पुजन गिरीले उजुरीमा उल्लेख गरेका छन् ।
