नमस्ते नेपाली सम्वाददाता, २० अप्रिल, पोर्तुगल । नेवा पुच: पोर्तुगलको प्रथम अधिवेशनले श्रीकुमार प्रजापतिको अध्यक्षतामा १७ सदस्सीय कार्यसमितिको चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनबाट ७ सदस्सीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा सुनिता मानन्धर, उपाध्यक्षद्वयमा विशाल माथेमा र अनिता महर्जन, महासचिवमा खेम श्रेष्ठ, सचिव अनुप श्रेष्ठ, कोषाध्यक्ष किरण स्थापित र सह कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।
समितिका सदस्यहरुमा योजना श्रेष्ठ, सन्तोष मल्ल, विनायक श्रेष्ठ, रवी श्रेष्ठ, राकेश श्रेष्ठ, अनिता श्रेष्ठ, ज्ञानदीप श्रेष्ठ, नेत्र श्रेष्ठ र दीपेश बलामी रहेका छन् ।
अधिवेशनले कुमार श्रेष्ठ, भरतकुमार श्रेष्ठ, मुक्तिनारायण श्रेष्ठ, रुपक श्रेष्ठ, डा. ज्योति तुलाधर, श्यामलाल रजक र पदम श्रेष्ठ रहेको ७ सदस्सीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
अधिवेशन वुद्ध रेष्टुरेन्ट लिस्बनमा सम्पन्न भएको थियो ।