नमस्ते नेपाली सम्वाददाता, २० अप्रिल, पोर्तुगल । म्याग्देली प्रवासी नेपाली संघ (मोना) पोर्तुगलले आइतबार काबु दि रोकाको भ्रमण सम्पन्न गरेको छ । पोर्तुगलमा रहेका म्याग्देलीहरुले विक्रम संवत नया वर्ष २०७२ को अवसर पारेर युरोपकै पश्चिमको अन्तिम सीमाका रुपमा परिचित ठाउको भ्रमण गरेका हुन् ।
'दुईवटा पब्लिक बस रिजर्भ गरेर ८० जना सहभागी थियौ, भ्रमण अत्यन्तै रमाइलो र स्मरणीय बन्यो' सहभागी लक्ष्मण गर्बुजा पून मगरले भने - 'प्राइया र सिन्त्राको घुमघाम झनै रमाइलो लाग्यो । सबैजना एकपटक घुम्नैपर्ने ठाउहरु रहेछन् ।'
संघका उपाध्यक्ष गोपाल परियारको नेतृत्वमा भएको संयुक्त भ्रमणमा सहभागीहरुले सहभोजसहित शुभकामना आदानप्रदान गरेका थिए ।
संघका उपाध्यक्ष गोपाल परियारको नेतृत्वमा भएको संयुक्त भ्रमणमा सहभागीहरुले सहभोजसहित शुभकामना आदानप्रदान गरेका थिए ।