२४ चैत, काठमाडौ । शिक्षक सेवा आयोगले मंगलवार माध्यामिक र निमावि तहका लागि स्थायी विज्ञापन आहृवान गर्ने भएको छ ।
पाँच दिनअघि शिक्षा विभागले देशभरका माध्यामिक र निमावि शिक्षकको रिक्त दरबन्दी शिक्षक सेवा आयोगलाई उपलब्ध गराए पछि आयोगले विज्ञापन खुला गरेको नेपाल समाचारपत्रमा खबर छ ।
आयोगका अनुसार २०६३ वैशाख ११ गते यता रिक्त पदमा विज्ञापन खुलाउन लागिएको हो । शिक्षा विभागले गत साता मावि तहको एक हजार ३ सय ८५ र निमावि तहको एक हजार ८ सय ६४ गरी ३ हजार २ सय ४९ पद रिक्त भएको तथ्याङ्क आयोगलाई दिएको थियो ।